नेपालगञ्जका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै नेपालगञ्ज महानगरपालिका वडा नम्बर १ का ३७ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जनाएको छ । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा उनको मंगलबार राती मृत्यु भएको हो ।
उनी निमोनिया भएपछि भदौ ८ गते सोमबार बिहान अस्पतालमा भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या देखेपछि ८ गते नै पीसीआर परीक्षण गरिएकोमा उनको मंगलबार दिउँसो कोरोेना रिपोर्ट पोजेटिभ आएको र सोही राती मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु