‘यतिबेला कोभिड- १९ विरुद्ध लडौँ, स्वास्थ्यकर्मी विरुद्ध हैन्’

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले कोभिड -१९ विरुद्धको लडाइमा उत्रिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग गर्न सबैलाई अपिल गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा डा कार्कीले यतिबेला स्वास्थ्यकर्मी विरुद्ध लड्न छोडेर कोभिड विरुद्ध लड्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।
उनले नेपालका चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मी सिमित स्रोत साधनमा पनि अनवरत रुपमा कोरोना विरुद्ध लडिरहेको बताउँदै यो बेला उनीहरुलाई र्दुव्यवहार नभई मनोबल बढाएर सहयोग गर्न आग्रह गरे ।
घर परिवारबाट अलग रहेर ज्यान जोखिममा राखेर संक्रमितको उपचारमा खटिएका कयौं चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काठमाडौं लगायतका कयौं स्थानमा र्दुव्यवहार गरेको पाइएकोमा यसो नगर्न उनले आग्रह गरे । स्वास्थ्यकर्मीलाई मात्र कोरोना हुने अरुलाई नहुने भन्ने हुँदैन । यो संक्रमण जोसुकैलाई पनि हुनसक्छ । कोरोना विरुद्धको लडाईकै क्रममा संक्रमित हुन पुगेका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, संक्रमितको घर भन्दै चिकित्सकको घर घेरा हाल्न जानु खेदजनक भएको उनले जिकीर गरे ।
स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावारण बनाइदिन पनि उनले आग्रह गरे । कोरोना महामारी विरुद्ध लड्नका लागि स्वास्थ्यकर्मी सधैं अघि बढ्ने भन्दै सबैको साथ र सहयोग चाहेको पनि जिकीर गरे ।
पछिल्लो समय कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी नै धमाधम संक्रमित भइरहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु