नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६४ पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा मात्रै ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मंगलबार कोरोना संक्रमणबाट मृत्यु पुष्टि हुनेहरुमा काठमाडौंका ३, सिरहाका १ , पर्साका १, धनुषाका १ र रुपन्देहीका १ जना रहेका छन्।
आज मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरुष रहेको पनि मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु