काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप २३२ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ।
मन्त्रालयका अनुसार आज देशभर ८५५ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी २४ घण्टामा ३१३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या नै १९ हजार ११९ पुगेको छ । आज मात्रै ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु