नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ५८ प्रतिशत

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट निको हुनेको दर ५८ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म कोरोना संक्रमित निको हुने दर ५८ प्रतिशत रहेको जनाएका हुन्।
डा गौतमका अनुसार हालसम्म नेपालमा कोरोना जितेर डिस्चार्ज हुुनेको संख्या १८ हजार ८०६ रहेको छ । यसैगरी हाल सम्म ६ लाख १० हजार ४६९ जनाको कोरोना आंशकामा पीसीआर परीक्षण गर्दा ३२ हजार ६७८ जनामा कोेरोना संक्रमण पुष्टि भएको छ । देशभर रहेका यी संक्रमितमध्ये जम्मा ५८ प्रतिशत मात्रै निको भएर घर फर्केको मन्त्रालयले जनाएको छ ।
विश्वमा हालसम्म २ करोड ३८ लाख बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने ८ लाख १६ हजार बढी संक्रमितको मृत्यु भइसेकेको छ । विश्वको तथ्यांक हेर्दा निको हुनेको दर ६८ दशमलब ६९ प्रतिशत रहेको छ । यसरी हेर्दा निको हुने दर विश्वको तुलनामा नेपालमा कम रहेको पाइएको छ ।
हाल नेपालमा देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ । नेपालमा स्वास्थ्य मन्त्रालयले आधिकारि रुपमा सोमबार दिएको जानकारी अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ । त्यसयता केही बिरामीको मृत्युु भएको भए पनि मन्त्रालयले आधिकारिक रुपमा जानकारी दिन बाँकी छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु