२४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्ष्णमा थप ७४३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाको आशंकामा हाल क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७७५ रहेको छ । यसैगरी संस्थागत आइसोलेसनमा ९ हजार १५४ जना छन भने होम आइसोलेसनमा ४ हजार ५६१ जना रहेका छन्।
मन्त्रालयका अनुसारआज मात्रै ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु