सुदूरपश्चिममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : सुदूरपश्चिममा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
डडेल्धुरा प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार १ सय ६ जनाको कोरोना परिक्षण गरिएकोमा ५७ जनामा कोरोना पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिएका छन्।
उनका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८, महाकाली नगरपालिकाका १,बैतडीको आर्मी क्यामका १ जनामा कोरोना पुष्टि भएको हो। यसैगरी कैलालीको गौरीगंगा नगरपालिकाका ७, घोडाघोडी नगरपालिकाका ३१, टिकापुर नगरपालिकाका ८ र जानकी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु