चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनमा ५ वर्षीया बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार भरतपुर अस्पताल कोभिड- १९ प्रयोगशालामा २४ घण्टामा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राती १० बजेसम्म २०९ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना देखिएको हो । अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।
यसरी संक्रमण पुष्टि हुनेहरुमा ५ वर्षीया बालिकादेखि ५५ वर्षका सम्म रहेका छन्। चितवनामा पछिल्लो समय अस्पतालमा आएका बिरामी र स्वास्थ्यकर्मीमा नै बढी संक्रमण देखिन थालेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु