काठमाडौं उपत्यकामा संक्रमितको संख्या घट्ने संकेत देखिएन, आजै २१६ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : उपत्यकामा कोरोना संक्रमित घट्ने संकेत नै देखिएको छैन्। पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मात्रै काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोना पुष्टि भएको छ । यसरी संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १६० जना, भक्तपुरका ५० जना र ललितपुरका ६ जना रहेका छन्।
लकडाउन खुलेसँगै सर्वसाधारणको आवतजावत बढेपछि काठमाडौं उपत्यकामा संक्रमण समुदायमा फैलिएको मन्त्रालयले जनाएको छ । आज देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३६ जना डिस्चार्ज भएका छन्।
हालसम्म कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ भने १४६ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार हाल १३५ जना कोरोना संक्रमितको देशभरका आइसीयूमा उपचार भइरहेको छ भने १२ जना भेन्टिलेटरमा रहेका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु