नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा मात्रै थप २१६ जनामा संक्रमण

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० पुगेको छ । हालसम्म १३५ जना संक्रमित आइसीयूमा रहेका छन् भने १२ जना भेन्टिलेटरमा रहेका छन्। काठमाडौं उपत्यकामा मात्रै आज २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म कोरोनाबाट १४६ जनाले ज्यान गुमाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु