सिभिल अस्पतालका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई होस्टलमा बस्न स्थानीयको अवरोध

हेल्थ टिभी अनलाइन \काठमाडौं : नयाँ बानेश्वस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई स्थानीयले होस्टलमा बस्न अवरोध गरेका छन्।
अस्पतालको ड्युटी सकेर होस्टेल जाने बेलामा उनीहरुलाई स्थानीयले रोकेका हुन्। सिभिल अस्पतालले आफना स्वास्थ्यकर्मीलाई राख्नका लागि बानेश्वरको मिलनचोकमा घर भाडामा लिएको थियो । कोरोनाका कारण स्वास्थ्यकर्मीलाई आवासीय सुविधा दिंदै अस्पतालले त्यहाँ राख्न घर लिएको भए पनि स्थानीयले कोरोना सर्छ भन्दै भित्र पस्नै नदिएको एक स्वास्थ्यकर्मीले जनाए ।
कोरोना कहरका बेला २४औं घण्टा ज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई यसरी विरोध गर्नु कहाँ सम्मको न्याय हो ,उनले भने । पछिल्लो समय कोरोनाको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई स्थानीयले कोरोना सर्छ भन्दै र्दुव्यवार गरेका घटना बढ्दै गएका छन्।
यो विषयबारे अस्पतालले स्थानीय प्रशासनलाई जानकारी गराएको जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु