काठमाडौं उपत्यकामा आज थप १८२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा थप १८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८३८ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये १८२ जना काठमाडौं उपत्यकामा देखिएका हुन्। हालसम्म नेपालमा ३० हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो समय काठमडौं उपत्यकामा कोरोनाको उच्च जोखिम बढदै गएको छ । जसका कारण बुधबारदेखि काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु