Health TV Online
Health TV Online
Health TV Online

बयालपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि

बयालपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि

शेर भण्डारी\ डडेल्धुरा : अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएको हो।

बयालपाटा अस्पतालको विभिन्न विभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए।

उनका अनुसार संक्रमितमध्ये ५ जना अस्पतालको प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मी छन्। यसअघि अस्पतालका २ जनामा संक्रमण पुष्टि भएको थियो।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना