Health TV Online
Health TV Online
Health TV Online

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो

थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि,  संक्रमितको संख्या ३० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा आज थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्ला गरी शुक्रबार  थप ८३८ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर घर जानेको संख्या १८ हजार २१४ पुगेको छ । हालसम्म कोरोनाको आंशकामा १२ हजार २३४ जना क्वारेन्टाइनमा बसेका छन्।

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १३ हजार ५७९ जनाको नमुना परीक्ष्ण गरिएको थियो । आज मात्रै थप ११ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना बाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना