भरतपुर अस्पतालमा ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनको भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।
अस्पतालले विज्ञप्ति जारी गर्दै रत्ननगर नगरपालिका वडा नं १३ निवासी ६५ वर्षका पुरुषको कोरोनाबाट बिहिबार दिउँसो मृत्यु भएको जनाएको हो । अस्पतालका अनुसार कोरोना संक्रमित भई ६ दिनदेखि अस्पतालको कोभिड आइसीयूमा उपचार भइरहेकोमा आजै उनको मृत्यु भएको हो ।
अस्पतालका अनुसार उनी क्षयरोगका बिरामी समेत थिए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु