यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका ५ जिल्ला

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ।
लगातार कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय सरकारले आ आफनो क्षेत्रमा निषेधाज्ञा जारी समेत गरेका छन्। काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि काठमाडौं प्रशासनले बुधबार मध्यरातीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोनाको जोखिममा विशेष गरेर ५ वटा जिल्ला रहेका छन्। मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौं जिल्ला उच्च जोखिममा रहेको र यी जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
यसैगरी हाल ४ वटा जिल्ला कोरोना मुक्त भएका छन्। मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा हाल कोरोनाको संक्रमित छैनन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु