विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक, संक्रमित २ करोड २५ लाख नाघे

हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ लाख नजिक पुगेको छ ।
वर्ल्डोमिटरका अनुसार बिहिबारसम्म विश्वमा ७ लाख ९१ हजारको मृत्यु भइसकेको छ भने २ करोड २५ लाख ७९ हजार ९५ जनामा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा मात्रै विश्वमा २ लाख ५८ हजार बढी संक्रमित थपिएका छन्। यसैगरी ६ हजार ४३८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये १ करोड ५२ लाखले कोरोना जितेर डिस्चार्ज भएका छन्। हाल ६४ लाख सक्रिय संक्रमितहरुको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।
हालसम्म अमेरिका कोरोनाबाट बढी प्रभावित भएको पाइएको छ । अमेरिका, ब्राजिल र भारतमा सबैभन्दा बढी संक्रमित फेला परेका छन्।
अमेरिकामा मात्रै हालसम्म झण्डै ५७ लाख मानिसमा संक्रमण पुष्टि भइसकेको छ भने १ लाख ७६ हजार बढी मानिसको मृत्यु भइसकेको छ । ब्राजिमा ३४ लाख ६० हजार बढी मानिसमा संक्रमण पुष्टि भएको छ । उता भारतमा २८ लाख ३५ हजार बढीमा संक्रमण देखिएको छ ।
यता नेपालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २८ हजार बढीमा संक्रमण देखिएको छ भने १२० जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु