विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ लाख ८४ हजार

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वभर कोरोना कहर झनझन बढ्दै गएको छ । वर्ल्डोमिटरका अनुसार गत २४ घण्टामा मात्रै २ लाख ५२ हजार संक्रमित थपिएका छन्।
यसैगरी ६ हजार २८७ जनाको कोरोनाबाट मृत्यु भएको छ । विश्वमा कुल संक्रमितको संख्या २ करोड २७ लाख बढी पुगेको छ भने हालसम्म ७ लाख ८४ हजार ३०७ जना संक्रमितको मृत्यु भइसकेको छ ।
वर्ल्डोमिटरका अनुसार हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ करोड ५० लाख बढी रहेको छ । २१३ देशमा फैलिएको कोरोना भाइरस अहिले मुख्य ३ देश अमेरिका। ब्राजिल र भारतमा बढी प्रभाव पारेको छ । सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन्। त्यसैगरी दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ ।
अमेरिकामा मात्रै ५६ लाख ५५ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने १ लाख ७५ हजार बढी संक्रमितको ज्यान गएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु