Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा कोरोना कहर : २४ घण्टामा २०५ जनामा संक्रमण

काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा कोरोना कहर : २४ घण्टामा २०५ जनामा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

मंगलबार मात्रै काठमाडौं उपत्यकामा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्या एकै दिन देखिएको अहिलेसम्मकै उच्च हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । हालसम्म ११४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । लकडाउन खुलेसँगै काठमाडौं उपत्यकामा कोरोनाको जोखिम बढ्दै गएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना