गत २४ घण्टामा ५८१ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : गत २४ घण्टामा देशभर ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरमा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म कोरोनाको आशंकामा क्वारेन्टइनमा रहनेको संख्या १५ हजार १९८ रहेको छ । गत २४ घण्टामा १६० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै देशभर कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज मात्रै कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेहरुमा मोरङका एक जना, रौतहटका एक जना र काठमाडौंका एक जना रहेका छन्। योसँगै नेपालमा कोरोनाबाट हालसम्म १०७ जनाको मृत्यु भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु