Health TV Online
Health TV Online
Health TV Online

धरानमा संक्रमित नर्सकाे परिवारमा पनि देखियो संक्रमण

धरानमा संक्रमित नर्सकाे परिवारमा पनि देखियो संक्रमण

हेल्थ टिभी अनलाइन\ धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोरोना संक्रमित एक नर्सको परिवारका ४ जना सदस्यमा पनि संक्रमण पुष्टि भएको छ ।

प्रतिष्ठानको मेटरनल आइसियूमा कार्यरत ४ जना नर्सहरुको कोरोना रिपोर्ट पोजेटिभ आएका मध्यको एक नर्सका परिवारमा संक्रमण पुष्टि भएको हो । संक्रमित नर्सका बुवा, आमा, भाइ र छोरामा पनि सक्रमण देखिएको वडा नं १६ का अध्यक्ष दिलकुमार गिरीले जानकारी दिए ।

यसअघि पनि एमआइसियुमै २ जना नर्सलाई संक्रमण पुष्टि भएको थियो । शुरुमा एमआइसियुमा उपचाररत एक महिलामा संक्रमण पुष्टि भएको थियो । ती महिलाबाट ६ जना नर्स हुँदै परिवारमासमेत संक्रमण पुगेको छ ।

उनीहरुलाई होम आइसोलेसनमा राख्ने तयारी भएको वडाअध्यक्ष गिरीले जानकारी दिए । उनीहरु बसेको घरलाई सिल गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना