पोखरिया नगरपालिका प्रमुखसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \पर्सा : पोखरिया नगरपालिकाका प्रमुख दीपनारायणप्रसाद रौनियारसहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं टेकुमा रहेकाे राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ । नगरप्रमुख रौनियारसहित उनको परिवारका ८ जनामा संक्रमण पुष्टि भएको छ । पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित ६ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । संक्रमितमध्ये ३८ जना वीरगञ्ज महानगरपालिकाका बासिन्दा हुन् ।
त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सखुवाप्रसौनीका ६ जनामा संक्रमण देखिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु