अस्पतालमा बेड अभाव हुँदै, संक्रमित होम आइसोलेसनमा बस्न बाध्य

हेल्थ टिभी अनलइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेपछि होम आइसोलेसनमा बस्ने संक्रमितको संख्या बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबारसम्म होम आइसोलेसनमा रहने संक्रमितको संख्या ४९७ पुगेको छ । उनका अनुसार सामान्य लक्षण देखिएका र सिरियस नभएका संक्रमितलाई आफनै घरमा बस्न आग्रह गरे बमोजिम हाल ४९७ जनालाई होम आइसोलेसनमा राखिएको हो ।
डा गौतमले सामान्य संक्रमितलाई अस्पतालमा राख्दा सिकिस्त र आइसीयू, भेन्टिलेटरको आवश्यकता पर्ने संक्रमितको उपचारमा समस्या हुने भन्दै अप्ठेरो नपरेसम्म अस्पताल नआउन आग्रह गरिएको बताए । उनले घरमा बस्ने संत्रमितको सम्पर्कमा स्वास्थ्यकर्मी रहने भएकाले केही अप्ठेरो परेमा अस्पतालमा ल्याइने जनाएका छन्। तर संक्रमितले भने होम आइसोलेसनमा बस्दा सरकारको कुनै पनि निकायले कुनै सम्पर्क नै नगरेको भन्दै गुनासो गर्न थालेका छन्।
काठमाडौं उपत्यकाका अधिकांश अस्पतालमा आइसीयू भरिभराउ भइसकेका छन भने आइसोलेसन बेड पनि खाली छैनन्। पछिल्लो समय पुष्टि भएका लगभग २० प्रतिशत बिरामीमा लक्षण देखिन थालेपछि सरकारले बेड अभाव हुने कुरालाई मनन गरेर घरमै बस्न आग्रह गरेको भएपनि भाडामा बस्ने, सानो कोठामा धेरै जना बस्नेहरुलाई भने निकै समस्या हुने गरेको छ । उता संस्थागत आइसोलेसनमै रहनेको संख्या पनि ८ हजार ७२४ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु