कोरोनाको ‘हटस्पट’ बन्दै काठमाडौं, आज मात्रै १७२ जनामा संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा गत २४ घण्टामा १७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज मात्रै काठमाडौं उपत्यकामा १७२ जनामा कोरोना संक्रमण देखिएको जनाएका हुन् । डा गौतमका अनुसार काठमाडौं उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १२६ जना, ललितपुरका ३८ जना भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले संक्रमितहरुको ठेगाना भने खुलाएको छैन्। आइतबार कुल ६४१ जनामा कोरोना संक्रमण देखिंदा उपत्यकामा मात्रै १७२ जना संक्रमित भएका हुन्। यो संख्या निकै ठुलो हो ।
पछिल्लो समय काठमाडौं उपत्यकामा दैनिक रुपमा सय भन्दा बढी संक्रमित फेला पर्दै आएका छन्। लकडाउन खुलेसँगै काठमाडौं उपत्यका अति जोखिममा रहेको र ‘कोरोना हटस्पट’ बन्दै गएको भन्दै विज्ञहरुले लापरवाही नगर्न र सतर्क रहन चेतावनी दिंदै आएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु