गत २४ घण्टामा थप ६४१ जनामा संक्रमण पुष्टि, २ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २४३ जनामा पीसीआर परीक्षण गरिएकोमा ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १५ हजार २४३ रहेको छ । यसैगरी आज १३४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ रहेको मन्त्रालयले जनाएको छ ।
आज पर्सामा एक जना पुरुष र मोरङमा एक जना महिलाको कोरोना संक्रमणबाट पुष्टि भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको मन्त्रालयले जनाएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु