Health TV Online
Health TV Online
Health TV Online

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित ३ जना डाक्टरमा कोरोना पुष्टि

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित ३ जना डाक्टरमा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन\ काठमाडौं : चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहित थप ३ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले गत २४ घण्टामा गरिएको परीक्षणमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित थप तीन जना डाक्टर र एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जनाएका छन्।

उनले अस्पतालको स्त्रीरोग विशेषज्ञ र अर्को आकस्मिक कक्षमा कार्यरत डाक्टरमा कोरोना पुष्टि भएको जनाएका छन्। उनले अस्पतालको सेवा भने नारेकिने बताएका छन्।

आज मात्रै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा २८ जनामा कोरोना पुष्टि भएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना