Health TV Online
Health TV Online
Health TV Online

मेडिकल कलेजले पनि कोरोना संक्रमितको उपचार गर्नुपर्ने

मेडिकल कलेजले पनि कोरोना संक्रमितको उपचार गर्नुपर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं :  सरकारले मेडिकल कलेजहरुलाई कोरोना संक्रमितको उपचारका लागि तुरुन्त बेड छुट्याएर उपचारको व्यवस्था गर्न निर्देशन दिएको छ ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सम्पूर्ण मेडिकल कलेजहरुलाई कोभिड- १९ का बिरामीहरुका लागि उपचार गर्न स्विकृत बेड संख्याको एक तिहाई बेड छुट्याउन निर्देशन दिएका हुन्।

उनले देशभरका मेडिकल कलेजहरुलाई आफनो बेड संख्याको एक तिहाई बेड छुट्याएर छुट्टै भवन वा आइसोलेसन कक्ष तयार गर्न निर्देशन दिएका छन्।

मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रबार मात्रै निजी अस्पताललाई पनि कोरोना संक्रमितको उपचार गर्नुपर्ने भन्दै आफनो अस्पतालमा भर्ना भएका बिरामीलाई कोरोना पुष्टिभएपछि रिफर गर्न नपाइने सूचना जारी गरेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना