Health TV Online
Health TV Online
Health TV Online

चितवनमा निजी अस्पतालले पनि शुरु गर्‍यो कोरोना संक्रमितको उपचार

चितवनमा निजी अस्पतालले पनि शुरु गर्‍यो कोरोना संक्रमितको उपचार

हेल्थ टिभी अनलाइन\ चितवन : चितवनमा पहिलोपटक निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार शुरु गरिएको छ ।

चितवनको भरतपुरमा रहेको श्री पुष्पाञ्जली अस्पतालले कोरोना संक्रमितको उपचार गर्न शुरु गरेको हो । चार दिनअघि अस्पतालमा भर्ना भएका ६१ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

सरकारले शुक्रबार नै निजी अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएमा सोही अस्पतालले उपचार गर्नुपर्ने बताएको थियो । सोही बमोजिम अस्पातलमै राखेर उपचार गरिएको अस्पातलले विज्ञप्ति जारी गर्दै जनाएको छ । यसअघि निजी अस्पतालमा फेला परेका संक्रमितलाई भरतपुर अस्पताल पठाउने गरिएको थियो ।

शनिबार बिहान अस्पतालले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित रत्ननगर नगरपालिका–९ टिकैलीका ६१ वर्षीय पुरुषको शुक्रबार कोरोना पुष्टि भएको र आइसीयूमा राखेर उपचार भइरहेको जनाएको छ ।

अस्पतालले स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार कोरोना संक्रमितको उपचार गर्न शुरु गरिएको जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना