पोखरा महानगरका थप ८ जनामा कोरोना संक्रमण, गण्डकीमा संक्रमितको संख्या १७ सय पुग्यो

हेल्थ टिभी अनलाइन\ काठमाडौं : कास्कीको पोखरा महानगरपालिकाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै कास्कीका थप ८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ सय पुगेको छ ।
आज संक्रमण पुष्टि हुनेहरुमा पोखरा महानगरपालिकाका १८ देखि ४० वर्ष उमेर समूहका पुरुष रहेका छन्। आज बिहानै पनि गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु