नेपालमा शुक्रबार ५९४ संक्रमित थपिए, थप ४ जनाको मृत्यु
काठमाडौं उपत्यकामा थप ११९ जनामा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ५९४ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।
हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ रहेको छ । काठमाडौं उपत्यकामा शुक्रबार ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन्।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । आज मात्रै कोरोनाबाट ४ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु