कोरोना संक्रमितका लागि जम्मा ४९६ भेन्टिलेटर र ९४२ वटा आइसीयू बेड

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको लागि देशभर जम्मा ४९६ भेन्टिलेटर र ९४२ वटा आइसीयू बेड छुट्याइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितका लागि भनेर प्रदेश अनुसार आइसीयू बेड र भेन्टिलेटरको व्यवस्थापन गरिएको बताएका छन्। उनका अनुसार कोरोना संक्रमितका लागि छुट्याइएको आइसीयू र भेन्टिलेटरको संख्या यसप्रकार रहेको छ ।
प्रदेश नं १ मा जम्मा ४३ आइसीयू बेड र १९ भेन्टिलेटर, प्रदेश नं २ मा जम्मा ४५ आइसीयू बेड र १७ भेन्टिलेटर, बाग्मती प्रदेशमा जम्मा ६३० आइसीयू बेड र ३६१ भेन्टिलेटर, गण्डकी प्रदेशमा जम्मा १३७ आइसीयू बेड र ५९ भेन्टिलेटर, कर्णाली प्रदेशमा जम्मा ४० आइसीयू बेड र १७ भेन्टिलेटर र सुदूरपश्चिम प्रदेशमा जम्मा १८ आइसीयू बेड र १० भेन्टिलेटर रहेको मन्त्रालयले जनाएको छ ।
विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जाँदा यो संख्या कम हुने भन्दै आइसीयू र भेन्टिलेटरको संख्या बढाउनुपर्नेमा जोड दिंदै आएका छन्।कोरोना भाइरसको संक्रमणका कारण फोक्सोमा असर पर्न गई धेरै संक्रमितलाई श्वासपश्वासमा समस्या आई आइसीयूको उपचार चाहिन सक्ने हुनसक्छ ।
नेपालमा पछिल्लोपटक देखिएका संक्रमितमध्ये धेरैमा कडा खालको लक्षण देखिएको र केहीलाई आइसीयूमै राख्न परेको छ । त्यसैले पनि संक्रमितको ज्यान जोगाउन आइसीयू र भेन्टिलेटर महत्वपूर्ण हुने भन्दै विज्ञहरुले आइसीयू बेडको संख्या बढाउन सुझाव दिंदै आएका छन्।
नेपालमा हालसम्म २४ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु