थप ५२५ जनामा कोरोना संक्रमण, १०९ जना कोरोना जितेर डिस्चार्ज

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ रहेको छ ।
मन्त्रालयका अनुसार हालसम्म क्वारेनटाइनमा रहनेको संख्या १४ हजार ७६९ रहेको छ । यसैगरी आज मात्रै कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ । योसँगै नेपालमा हालसम्म १६ हजार ८३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म ९५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु