Health TV Online
Health TV Online
Health TV Online

बाँकेका ३० जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज

बाँकेका ३० जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज

हेल्थ टिभी अनलाइन \काठमाडौं :  बाँकेका विभिन्न आईसोलेसन सेन्टरमा भर्ना भएका ३० जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्।

बाँके स्वास्थ्य कार्यालयकाकोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार खजुराको सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमाको आइसोलेसनमा रहेका ४ जना, लायन्स डेन्टल अस्पताल खजुरा रोड आइसोलेसन सेन्टरबाट १३ जना, आन्तरिक राजस्व कार्यालय आइसोलेसन सेन्टरबाट ११ जना र आदर्शनगर आइसोलेसन सेन्टरबाट २ जना गरी ३० जनाले कोरोना जितेर घर फर्केका हुन् ।

बाँकेमा ४ जना अन्य जिल्लाको समेत गरी ६ सय ६७ कोरोना संक्रमित रहेकोमा ४ सय ३५ डिस्चार्ज भएका छन् भने २ सय २९ जना सक्रिय संक्रमित विभिन्न आइसोलसन सेन्टरमा रहेको कोराना फोकल पर्सन श्रेष्ठले जनाकारी दिएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना