Health TV Online
Health TV Online
Health TV Online

भारतमा एकैदिन ६७ हजार संक्रमित थपिए

भारतमा एकैदिन ६७ हजार संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\काठमाडौं : भारतमा कोरोना संक्रमितको संख्या घट्ने संकेत नै देखिएको छैन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा गत २४ घण्टामा ६७ हजार बढी संक्रमित थपिएका छन्।

यसैगरी ९४२ जनाको ज्यान गएको छ । भारतमा हालसम्म २३ लाख ९७ हजार बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने हालसम्म ४७ हजार ३३ जनाको मृत्यु भएको छ । यसैगरी १६ लाख ९५ हजार संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन्।

हालसम्म २ करोड ६५ लाख मानिसमा पीसीआर परीक्षण गरिएको बताइएको छ ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना