वीर अस्पतालमा कार्यरत नर्सलाई कोरोना संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : वीर अस्पतालको इमरजेन्सीमा कार्यरत एक नर्स र उनका श्रीमानमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार गरिएको परीक्षणमा ती नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ। उनको श्रीमानलाई ज्वरो र रुघाखोकी लागेपछि परीक्षण गराउँदा बुधबार बिहान कोरोना पोजेटिभ आएको थियो । उनको श्रीमान बिदेसीहरुसँग काम गर्ने बुझिएको छ । उनलाई कोरोना पोजेटिभ रिपोर्ट आउपछि ती नर्सको पनि परीक्षण गरिएको थियो ।
हिजो राती कोरोना पोजेटिभ आएको अस्पतालले जनाएको छ । यसअघि पनि वीर अस्पतालका दुई चिकित्सक र भर्ना भएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु