त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टरमा कोरोना
आकस्मिक सेवा केही समयका लागि बन्द

हेल्थ टिभी अनलाइन \काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको इमर्जेन्सी विभागमा कार्यरत चिकित्ससहित ६ स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अस्पतालका कोभिड १९ संयोजक डा सन्तकुमार दासले आकस्मिक कक्षमा कार्यरत दुई जना डाक्टर र चार नर्समा संक्रमण पुष्टि भएको जानकारी दिए । उनले चिकित्सकबाट बिरामीमा संक्रमण फैलिन सक्ने भन्दै कन्ट्याक्ट ट्रेसिङ गरी परीक्षण गरेर रिपोर्ट आएमात्र सेवा सुरु गर्ने भन्दै केही अर्को सूचना नआएसम्मका लागि आकस्मिक सेवा बन्द गरिएको बताए ।
अस्पतालका अन्य सेवा भने सूचारु हुने उनले बताए । पछिललो समय राजधानी लगायतका अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीमा धमाधम कोरोना संक्रमण पुष्टि हुन थालेको छ । जसले गर्दा सेवा प्रवाहमा समस्या देखिन थालेको छ । मंगलबार त्रिवि शिक्षण अस्पतालकै डाक्टर, बुधबार बीर अस्पतालका डाक्टरमा पनि कोरोना संक्रमण देखिएको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु