भदौ १५ गतेसम्म लामो दुरीका यातायात र हवाई उडानमा रोक

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेसम्म हवाई उडान र लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ ।
मन्त्रिपरिदको सोमबार साँझ बसेको बैठकले आन्तरिक तथा बाह्य हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि साउन ५ गतेको मन्त्रिपरिषद्को बैठकले लकडाउन अन्त्य भएको घोषणा गर्दै हवाई उडान र लामो दूरीको यातायात भदौ १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
बैठकले भदौ १५ सम्म विद्यार्थी भर्ना अभियान र शैक्षिक संस्था बन्द गर्ने निर्णय पनि गरेको छ । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम बढेको भन्दै बैठकले उद्योग तथा कलकारखानाभित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु