एकै दिन काठमाडौंका २ जनाको कोरोनाबाट मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो छ ।
आज मात्रै काठमाडौंका दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज बिहान ५ बजे मेडिसिटी अस्पतालमा ६४ वर्षीय पुरुषको मृत्यु भएको थियो भने बिहान १० बजे दिउँसो मेडिकेयर अस्पतालमा ७६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
मेडिसिटी अस्पतालमा मृत्यु हुने पुरुष किर्तीपुर ट्याङलाफाँटका स्थानीय बासिन्दा हुन् भने मेडिकेयर अस्पतालमा मृत्यु हुने संक्रमित काठमाडौं मध्यबानेश्वरका स्थानीय हुन्।
यसरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु