थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि, १४० जना डिस्चार्ज
काठमाडौं उपत्यकामा ४४ जना संक्रमित थपिए

हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थप ३३८ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको छ । यसैगरी कोरोनाको आशंकामा देशभरका विभिन्न क्वारेन्टाइनमा रहेकाहरुको संख्या १० हजार ७ सय ५९ रहेको छ ।
आज मात्रै १४० जना संक्रमित कोरोना जितेर डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज ४४ जना संक्रमित थपिएका छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु