मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
अस्पताल भन्छ , हाम्रो अस्पतालमा संक्रमित नै छैनन्

हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंका ६४ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले काठमाडौं कलंकी निवासी ६४ वर्षीय पुरुषको आज बिहान निधन भएको पुष्टि गरे ।
निमोनियाका कारण झण्डै एक महिनाअघि असार ३१ देखि मेडिसिटीमा भर्ना भएर उपचार गराइरहेका उनमा साउन १९ गते कोरोना पोजेटिभ आएको थियो । आज उपचारकै क्रममा उनको मृत्यु भएको छ ।
हेल्थ टिभी अनलाइनले अस्पतालसँग बिहानैदेखि यसबारेमा बुझ्न खोज्दा अस्पतालका जिम्मेवार व्यक्तिले नै आफनो अस्पतालमा कोरोना संक्रमित नै नरहेको र मृत्युको हल्ला मात्र भएको जानकारी दिएका थिए ।
त्यसो त मेडिसिटी अस्पतालले कोरोना संक्रमण भएका विरगञ्जका मेयर विजय सरावगीलाई पनि आफनो अस्पतालमा राखेर उपचार गरिरहेको खुल्न आएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु