Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमित रिपोर्ट लिन आफै अस्पताल पुगेपछि …

कोरोना पुष्टि भएको ४ दिनसम्म पनि कसैले सम्पर्क नै गरेनन्

कोरोना संक्रमित रिपोर्ट लिन आफै अस्पताल पुगेपछि …

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितलाई कसैको पनि सम्पर्कमा आउन नदिई तुरुन्त आइसोलेसनमा राख्नुपर्छ । तर सोमबार वीर अस्पतालमा कोरोना संक्रमित ४ दिन अघि कोराना पुष्टि भएको भए पनि आज बल्ल मेरो रिपोर्ट के भयो भनेर आउँदा स्वास्थ्यकर्मी त्रसित बनेका छ्न।

वीर अस्पतालमा स्वाब दिएकी उनकाे गत साउन २३ गते नै रिपोर्ट आएको भए पनि गर्भवती समेत रहेकी संक्रमितलाई कसैले सम्पर्क नगरेपछि आफै रिपोर्ट के भयो भनेर अस्पताल पुगिन । उनी मात्र हैन सोमबार नै अर्का एक संक्रमित पनि आफनो रिपोर्ट लिन अस्पताल पुगे । जबकी उनको पनि कोरोना पोजेटिभ देखिएको छ । कुनै पनि सावधानी नअपनाएर यसरी उनीहरु अस्पताल आउँदा अन्य उपचारका लागि अस्पताल आएका बिरामीमा संक्रमण सर्ने सम्भावना बढी हुने भन्दै अस्पतालका कर्मचारीले इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखामा तुरुन्त खबर गरे। तर यो समाचार तयार पार्दासम्म उनीहरुलाई लिन कोही पनि आएका छैनन्।

गत साउन २३ गते नै रिपोर्ट आएको भए पनि गर्भवती समेत रहेकी संक्रमितलाई कसैले सम्पर्क नगरेपछि आफै रिपोर्ट के भयो भनेर अस्पताल पुगिन । उनी मात्र हैन सोमबार नै अर्का एक संक्रमित पनि आफनो रिपोर्ट लिन अस्पताल पुगे । जबकी उनको पनि कोरोना पोजेटिभ देखिएको छ । कुनै पनि सावधानी नअपनाएर यसरी उनीहरु अस्पताल आउँदा अन्य उपचारका लागि अस्पताल आएका बिरामीमा संक्रमण सर्ने सम्भावना बढी हुने भन्दै अस्पतालका कर्मचारीले इपिडिमियोलोजी तथा रोग नियनत्रण महाशाखामा तुरुन्त खबर गरे। तर यो समाचार तयार पार्दासम्म उनीहरुलाई लिन कोही पनि आएका छैनन्।

त्यसो त अस्पतालले पीसीआर परीक्षणको रिपोर्ट आफैले संक्रमितलाइ दिन नमिल्ने मापदण्ड बनाइएको छ । रिपोर्ट पोजेटिभ नेगेटिभ जे आए पनि शुरुमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउनुपर्ने हुन्छ । सोही महाशाखाले नै संक्रमितलाई सम्पर्क गर्ने अस्पतालको व्यवस्थापन गर्ने काम गर्छ । तर पछिल्लो समय केही संक्रमितलाई सम्पर्क नै नगरेपछि उनीहरु आफै रिपोर्ट लिन जाने क्रम बढ्दो छ । त्यसो त यो संक्रमित आफै रिपोर्ट लिन आएको पहिलो घटना भने हैन् केही निजी अस्पतालका चिकित्सहरुले पनि संक्रमित आफै आएर सोध्ने गरेको बताएका छन्।

यस विषयमा इपिडिमियोलोजी रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेलाई सोध्दा उनले केहीले सम्पर्क नम्बर गलत लेखिंदिंदा समस्या आएको बताए । सकेसम्म कर्मचारीले सबैलाई सम्पर्क गर्ने भए पनि कहिलेकाहीं नम्बर नमिल्दा त्यसरी अस्पताल गएको हुनसक्ने उनको भनाई छ । अस्पतालमा यसरी खुलेआम संक्रमित आइदिंदा अन्य बिरामीलाई संक्रमण सर्ने सम्भावना बढी हुनेमा चिकित्सकहरु चिन्तित बनेका छन्।

पछिल्लो समय कोरोना पुष्टि भएका केही संक्रमितहरु अझै पनि सम्पर्कमा आएका छैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना