Health TV Online
Health TV Online
Health TV Online

भारतमा कोरोना कहर : एकैदिन थपिए ६२ हजार संक्रमित

भारतमा कोरोना कहर : एकैदिन थपिए ६२ हजार संक्रमित

हेल्थ टिभी अनलाइन\ काठमाडौं :  भारतमा कोरोना कहर कम हुने संकेत नै देखिएको छैन्। गत २४ घण्टामा माज्ञै ६२ हजा कोरोना संक्रमित थपिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो एकैदिन देखिएको अहिलेसम्मकै धेरै संख्या हो । गत २४ घण्टामा १ हजार ७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

हालसम्म भारतमा २२ लाख १५ हजार ७४ जनामा कोरोना पुष्टि भएको छ भने ४४ हजार ३८६ जनाका मृत्यु भइसकेको छ । संक्रमितमध्ये १५ लाख ३५ हजारले कोरोना जितेर डिस्चार्ज भएको बताइएको छ । भारतमा ११ दिनदेखि लगातार ५० हजार भन्दा बढी संक्रमित पुष्टि भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारत विश्वमै तेस्रो प्रभावित मुलुक हो । अमेरिका र ब्राजिलपछि भारतमा बढी संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना