Health TV Online
Health TV Online
Health TV Online

नेपालगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या ७६ पुग्यो

नेपालगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु, मृतकको संख्या ७६ पुग्यो

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ ।

बाँके जिल्लाको कोहलपुर -२ की ७० वर्षीया महिलाको आज ३ बजे उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा शुक्रबार कोरोना पुष्टि भएर उपचार गराउँदै आएकी उनको आज दिउँसो उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले मृतकको शव व्यवस्थापनको लागि नेपाली सेनाले काम थालिसकेको हेल्थ टिभी अनलाइनलाई बताएका छन्।

योसँगै बाँकेमा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ भने नेपालमा कुल ७६ जनाको मृत्यु भइसकेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना