सर्वोच्चद्वारा डा श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाउनुको कारण देखाउ आदेश

हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै सो नियुक्ती बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले गिरीलाई नियुक्ति गर्नुको कारण देखाउ आदेश जारी गर्दै गिरीलाई सात दिनभित्र उपस्थित हुन पनि आदेश दिएको छ ।
गत बिहीबार उपाध्यक्ष गिरीविरुद्धको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको थियो । गत आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलाशले यसअघि सर्वोच्च प्रशासनले दरपिट गरेको उक्त रिट निवेदन दर्ता गरेर सुनुवाई गर्न आदेश दिएको थियो । अधिवक्ता नरेश भट्टले पेश गरेको रिट निवेदनमा आयोगका उपाध्यक्ष डा गिरीको कानुन अनुसार योग्यता नपुगेको भन्दै नियुक्ति बदरको माग गरिएको छ ।
निवेदनमा डा गिरीको नियुक्ति गैरकानुनी भएको भन्दै अहिलेसम्म उक्त पदमा बस्दा लिएको तलव र भत्ता पनि फिर्ता गर्न माग गरिएको छ ।
डा गिरीले झापाको विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजका संचालक दुर्गा प्रसाईंसँग कलेजको सम्बन्धन दिन २० करोड रुपैयाँ घुस मागेको आरोप लागेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु