Health TV Online
Health TV Online
Health TV Online

नेपालमा २७ प्रतिशतले मास्क चिउँडोमा लगाउँछन् : अध्ययन

नेपालमा २७ प्रतिशतले मास्क चिउँडोमा लगाउँछन् : अध्ययन

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाबाट बच्नका लागि लगाइने मास्क जम्मा ७२ प्रतिशतले मात्र लगाउने गरेको र २७ प्रतिशत भन्दा बढीले मास्क चिउँडोमा राख्ने गरेको पाइएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको एक अध्ययन अनुसार नेपालमा जम्मा ७२ दशमलब १ प्रतिशत मानिसले मात्र मास्क प्रयोग गरेको पाइएको हो । परिषदले आज सो अध्ययनको रिपोर्ट सार्वजनिक गर्दै ७२ प्रतिशतले मात्र मास्क लगाएको पाइएको र २७ दशमलब १ प्रतिशतले मास्क नलगाएको जनाएको छ । यसैगरी मास्क लगाउनेमध्ये पनि ७२ दशमलब ६६ प्रतिशतले सही तरिकाले मास्क लगाएको पाइएको अध्ययनमा उल्लेख छ ।

परिषदले सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड पालना गरेका छन् की छैनन भनी स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी अध्ययन गरेको हो । व्यक्तिगत रुपमा ४५ सय २ जनामा अध्ययन गर्दा यस्तो परिणाम आएको हो । यसैगरी सार्वजनिक स्थलमा २७ सय ३ जनामा मा अध्ययन गर्दा २७ दशमलब ३४ प्रतिशतले मास्क सही तरिकाले नलगाई चिउँडोमा राख्ने, हातमा लिने वा मुख मात्र छोप्ने गरी लगाएको पाइएको परिषदका कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीले बताए ।

यसैगरी सामाजिक दूरी कायम गरिएको छ छैन भनेर गरिएको अध्ययनमा जम्मा ३१ दशमलब २५ प्रतिशतले मात्र सामाजिक दूरी कायम गरेको पाइएको छ । यसैगरी संस्थागत रुपमा गरिएको अध्ययनमा ६० प्रतिशत स्थानमा मात्र साबुन पानीराखिएको अध्ययनले देखाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नका लागि एसएमएस विधि अर्थात सोसल डिस्ट्यान्सिङ, मास्कको प्रयोग र सेनिटाइजर वा साबुन पानीको प्रयोग अघि सारेको छ । यही जनस्वास्थ्यका मापदण्ड कसरी पालना भइरहेको छ भनेर परिषदले अध्ययन गरेको परिषदका कार्यकारी प्रमुख ज्ञवालीले जनाए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना