थप ३८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं उपत्यकामा थपिए ९२ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लामा गरी थय ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी हालसम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ३८ रहेको मन्त्रालयले जनाएको छ ।
यसैगरी काठमाडौं उपत्यकामा आइतबार ९२ जना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार आजै मात्र ४० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ रहेको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु