Health TV Online
Health TV Online
Health TV Online

श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु

श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी महिलाको मृत्यु

हेल्थ टिभी अनलाइन \डडेल्धुरा : डडेल्धुरामा श्वासप्रश्वासमा समस्यामा भएर अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भएको छ।

डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका ३ की ३८ वर्षीया महिला श्वासप्रश्वासमा समस्या देखिएपछि डडेल्धुरा अस्पताल भर्ना भएकी थिईन्। डडेल्धुरामा उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि धनगढीको सेती अस्पताल रिफर गरिएको थियो । उनको सेती अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको डडेल्धुरा अस्पतालले जनाएको छ ।

महिलाको शव अहिले सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ। उनको कोरोना परीक्षण गरिने सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना