चितवनमा ६ वर्षीय बालकदेखि प्रहरी र थुनुवासम्मलाई कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \चितवन : चितवनमा शनिबार ६ वर्षीय बालकदेखि प्रहरी र थुनुवासम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ६ जनासहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले विज्ञप्ति जारी गर्दै गत २४ घण्टामा ६९ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।
संक्रमण पुष्टि हुनेहरुमा भरतपुरमा कार्यरत प्रहरी र थुनुवा समेत रहेका छन्। यसैगरी भरतपुरका ६ वर्षका बालकमा पनि संक्रमण देखिएको छ भने अस्पतालमा उपचाररत बिरामी पनि रहेको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु