Health TV Online
Health TV Online
Health TV Online

सरकारी चिकित्सक संघको अध्यक्षमा डा. रबिन खड्का विजयी

सरकारी चिकित्सक संघको अध्यक्षमा डा. रबिन खड्का विजयी

हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा रबिन खड्का विजयी भएका छन्।

संघको आज शनिबार अनलाइन माध्यमबाट भएको मतदानमा डा खड्काले ४८० मत ल्याएर अर्का प्रत्यासी डा समाज गौतमलाई पछि पारेका हुन् । उनका प्रतिस्पर्धी डा गौतमले २३७ मत ल्याएका छन्।

संघको वरिष्ठ उपाध्यक्षमा डा विजय थापा विजयी भएका छन्। थापाले ४३९ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डा राम प्रसाद सापकोटाको २६८ मत आएको छ।

यसैगरी उपाध्यक्षमा डा सुशील मोहन भट्टराई विजयी भएका छन्। यस्तै महासचिवमा डा किर्तिपाल सुवेदी ४०९ मत ल्याएर विजयी भएका छन्।

सचिवमा डा रोशन भगद ४२८ मत ल्याएर साथ विजयी भएका छन् । यसैगरी कोषाध्यक्षमा डा सुधा साही ५०३ मतका साथ विजयी भएकी छन् । कुल ७६८ मतदातामध्ये ७२३ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । मतदान बिहान ७ बजेदेखि ५ बजेसम्म गरिएको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना