Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा कोरोना : आज पनि थपिए ६२ जना संक्रमित

काठमाडौं उपत्यकामा कोरोना : आज पनि थपिए ६२ जना संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा एक सातादेखि लगातार ठुलो संख्यामा कोरोना संक्रमित फेला परिरहेका छन्।

शनिबार पनि काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५६, ललितपुरमा ३ र भक्तपुरमा ३ गरी ६२ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । हिजो मात्रै काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना पुष्टि भएको थियो ।

मन्त्रालयका अनुसार आज थपिएका ३७८ जना संक्रमितसहित कुल संक्रमितको संख्या २२ हजार ५९२ रहेको छ । यसैगरी हालसम्म ७३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना